२०८३ भाद्र १५ गते , सोमबार

झापामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण २६ गते , विहीबार
झापामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

 झापामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी ४० वर्षीय चेतनाथ फुयाँल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- ६ स्थित ट्राफिक पोस्ट नजिक पूर्वबाट पश्चिम तर्फ पार्किङको लागी लाँदै गरेको बागमती प्र-०३-००१ ख १६०२ नम्बरको बसले बाटो क्रस गर्दै गरेको पैदल यात्री फुयाँललाई बिहीबार बिहान ९ बजेर ४५ मिनेटमा ठक्कर दिएको थियो  । बसको ठक्करबाट घाइते फुयाँललाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचार क्रममा दिउँसो २ बजे मृत्यु भएको डीएसपी पाठकले बताए । 
यता बस र बसको चालक गौरीगन्ज गाउँपालिका( ४ निवासी २४ वर्षीय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार