२०८३ भाद्र १५ गते , सोमबार

एकै परिवारका तीनजना रुखमा झुण्डिएको अवस्थामा मृत फेला

sajilo news
झापा
२०७९ श्रावण २५ गते , बुधबार
एकै परिवारका तीनजना रुखमा झुण्डिएको अवस्थामा मृत फेला

बझाङको बुङ्गल नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन्। बुङ्गल नगरपालिका ९ रारुका २२ वर्षीया गिता पार्की, उनका ५ वर्षकी छोरी भुमिका र ३ वर्षका छोरा मोहित मृत फेला परेका बझाङका निमित्त प्रहरी प्रमुख एवंम प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। अहिले प्रहरीले घटनास्थललाई शिल गरी कानुनी प्रक्रिया अगाडि बढाइएको  प्रहरी निरीक्षक अवस्थीले बताए।

मृत भेटिएकी महिलाका श्रीमान पुस्कर पार्कीले भने आफू निद्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन्। बिहानैदेखि हराएकी गीतासहित दुई बालकको शव आज दिउँसो झुण्डिएको अवस्थामा फेला पारेका हो।

सम्बन्धित समाचार