२०८३ बैशाख १९ गते , शनिबार
ब्राउन सुगरसहित एक जना पक्राउ
प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ११ बस्ने अन्दाजी ३५ वर्षीय लालबहादुर दर्जी रहेका छन् । मङ्गलवार साँझ अस्थायी प्रहरी पोस्ट बुट्टावारिबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ११ स्थित चिया बगानमा शङ्कास्पद अवस्थामा हिडिरहेका दर्जीलाई चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।