२०८० चैत्र १६ गते , शुक्रबार

काठमाडौँबाट काँकडभिट्टाको लागी छुटेको बस दुर्घटना

sajilo news
झापा
२०७९ श्रावण २३ गते , सोमबार
काठमाडौँबाट काँकडभिट्टाको लागी छुटेको बस दुर्घटना

धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने १५ जना सामान्य घाइते छन् ।

सोमबार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारको गोलघरनजिक काठमाडौँबाट काँकडभिट्टाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्रि बस सोमबार दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको र  सामान्य घाइतेहरूको वीरेन्द्र बजारको क्लिनिकमा उपचार भइरहेको निरीक्षक कर्णले जानकारी दिए । चालक निदाएका कारणले बस अनियन्त्रित भएर सडकमा नै पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार