२०८२ मंसीर २२ गते , सोमबार

ब्राउन सुगरको कारोबार गर्ने चार जना पक्राउ

sajilo news
झापा
२०७९ श्रावण २३ गते , सोमबार
ब्राउन सुगरको कारोबार गर्ने चार जना पक्राउ

सुनसरीमा लागु औषध ब्राउन सुगरको कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा सहिद भूमि गाउँपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन् ।

गत साउन २० गते बेलुका इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इटहरी उपमहानगरपालिका ६ स्थित भाटे एन्ड खाजा घरबाट १ ग्राम १५० मिली ग्राम ब्राउन सुगर र ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरूबाट ब्राउन सुगर बिर्त सिंह राई र उनीकी श्रीमती पबिता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुलेसँगै प्रहरी टोलीले बिर्तसिंहलाई इटहरी उपमहानगरपालिका ५ बाट फेला पारी शरीर तलासी लिँदा ब्राउन सुगर ६ ग्राम ७६० मिलिग्राम फेला परिएको हो । थप ब्राउन सुगर ३३ ग्राम ९० मिलिग्राम राई दम्पतीको डेरामा खानतलासी लिँदा करुवा भित्र लुकाई राखेको अवस्थामा फेला परेको हो । उनीहरूको डेराबाट डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ ।

लागु औषध कारोबारमा संलग्न रहेका चारै जनालाई इलाका प्रहरी कार्यालय इटहरीले सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित समाचार