२०८३ बैशाख ३ गते , विहीबार

कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु 

sajilo news
झापा
२०७९ श्रावण २२ गते , आईतबार
कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु 

कचनकवल । झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घर तर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा साइकलबाट लडेर घाइते भएको थियो । घाइते उनलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु  भएको थियो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार