२०८३ बैशाख ३ गते , विहीबार
३८ केजी गाँजा बरामद
मोरङको जहदा गाउँपालिका ३ स्थित ठुलो हातिबन्दाबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिवार बेलुका साढे ६ बजे स्थानीय ४० वर्षीय भूषाराम राजवंशीको घर पछाडि रहेको कटेरोमा प्लास्टिकमा प्याक गरी बोरामा हाली लुकाइछिपाई राखेको ३८ किलो गाँजा बरामद गरेको हो । राजवंशीको घरबाट गाँजा बरामद भएता पनि राजवंशी फेला नपरेको र उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।