२०८३ बैशाख ३ गते , विहीबार
लिम्बुवान बन्दको आंशिक प्रभाव
आज साउन २२ लाई कालो दिनको रुपमा लिएका लिम्बुवानजन्य सङ्गठनहरूले आज आव्हान गरेको बन्दको आंशिक प्रभाव परेको छ ।
वार्षिक रुपमा गरिने त्यस बन्दको सामान्य प्रभाव परेको हो । साबिकको भन्दा केही कम सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पसल बजार भने खुल्ला नै रहेको र सडकमा बन्द कर्ता नदेखिएको डिएसपी वसन्त पाठकले बताए ।
सङ्घीय लिम्बुवान मञ्च , राष्ट्रिय जनमुक्ति पार्टीलगायतका सङ्गठनहरूले साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रुपमा लिएका छन् ।