२०८३ बैशाख १५ गते , मंगलबार

हवाई यात्रुको संख्या बढ्यो, ६ महिनामा ३७ लाखले गरे यात्रा

sajilo news
पत्रपत्रिका
२०७९ श्रावण २२ गते , आईतबार
हवाई यात्रुको संख्या बढ्यो, ६ महिनामा ३७ लाखले गरे यात्रा

झापा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना ९जनवरीदेखि जुन० सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका छन्।

अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बौलाले बताए। 

उनले भने, 'आन्तरिक हवाई यात्रुमा हवाई यात्राको आकर्षण बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको छ।' स्थानीय तहको निर्वाचन तथा प्रदेशहरुमा पनि विभिन्न गतिविधि बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको जनाइएको छ।

सन् २०२२ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १५ लाख १४ हजार १९१ जना यात्रुले हवाई उडान भरेका छन्। जसमा विमानस्थलबाट बाहिरिनेको संख्या ८ लाख २८ हजार र विमानस्थल भित्रिने ६लाख ८५ हजार छन्। यो समाचार कारोबार दैनिकमा छ ।

सम्बन्धित समाचार