२०८३ बैशाख १५ गते , मंगलबार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने 'अखडा'

sajilo news
पत्रपत्रिका
२०७९ श्रावण २१ गते , शनिबार
प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने 'अखडा'

झापा । 'लायक' सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय 'सचिव डम्प गर्ने अखडा' बन्न पुगेको छ । 

कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको कार्यालयकै कर्मचारीको आरोप छ । 

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात सचिव रहेकोमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुनस् दुई सचिव प्रधानमन्त्री कार्यालयमा ल्याएको छ । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यलयको अतिरिक्त समूहमा राखिएको छ । जहाँ उनीहरुको कुनै काम नै हुँदैन । यो समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ । 

सम्बन्धित समाचार