२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा गाँजासहित एक जना पक्राउ

sajilo news
झापा
२०७९ श्रावण २० गते , शुक्रबार
बिर्तामोडमा गाँजासहित एक जना पक्राउ

झापा ।  प्रतिबन्धित लागू औषध गाँजासहित बिर्तामोडबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ४ बस्ने ५६ वर्षीय डमरु दास रहेका छन् ।

शुक्रबार दिउँसो साढे ३ बजे प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले दासलाई उनकै घरबाट २ केजी ३०० ग्राम गाँजा र नगद २२ हजारसहित पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार