२०८३ बैशाख १९ गते , शनिबार
कर्तव्य ज्यान मुद्दाका ९ वर्षदेखि फरार एक अभियुक्त पक्राउ
९ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ५ का ४९ वर्षीय रोशन सुन्दास रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
उनलाई तत्कालीन पुनरावेदन अदालत इलामले २०७० असार ३ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्दामा एक वर्ष ६ महिना कैद सजाय तोकिएको थियो । सोही दिन देखि फरार रहेका सुन्दासलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि उनलाई झापा कारागार भद्रपुर पठाइसकेको प्रहरीले जनाएको छ ।