२०८२ मंसीर २२ गते , सोमबार
लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
लागू औषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दमक नगरपालिका बस्ने २७ वर्षीया मनजिता सहनी रहेकी छन् । उनलाई झापा जिल्ला अदालतको मिति २०७५ माघ १६ गतेको फैसला बमोजिम लागू औषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको थियो ।
फरार रहेकी सहनीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबाार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।