२०८३ भाद्र १५ गते , सोमबार
धान खेतमा लडेर हल्दिबारीमा एक वृद्धको मृत्यु
झापाको हल्दिबारीमा धान खेतमा लडेर एक वृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका- ५ निवासी अन्दाजी ८३ वर्षीय चन्दमान राई धान खेतको आलीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हल्दिवारी गाउँपालिकाको कार्यालय देखि दुई सय मिटर दक्षिण धान खेत भित्र राईलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीयसहितको प्रहरी टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।