२०८२ बैशाख १६ गते , मंगलबार
मेची पुलबाट खैरो हेरोइनसहित भारतीय दाजुभाइ पक्राउ

पूर्वी नाका काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पूर्व सिक्किम निवासी ३० वर्षीय मेगवीर लिम्बु र उनकै भाइ २३ वर्षीय बुद्धवीर लिम्बु रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ काँकडभिट्टा स्थित पुरानो मेची पुलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा लागु औषध खैरो हेरोइन जस्तो देखिने ७ ग्राम लिसाईलो पदार्थ बरामद गरेको छ । उनीहरूको साथबाट तीन वटा मोबाइल समेत फेला परेको छ । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।