२०८१ आश्विन १७ गते , विहीबार

तीन किशोरी मृत्यु प्रकरण : घटना छानबिनको माग गर्दै विद्यार्थी प्रदर्शन

sajilo news
झापा
२०७९ श्रावण १२ गते , विहीबार
तीन किशोरी मृत्यु प्रकरण : घटना छानबिनको माग गर्दै विद्यार्थी प्रदर्शन

झापा । एउटै रुखमा तीन किशोरी झुन्डिएको घटनाको वास्तविकतासहित सत्य तथ्य छानबिन गर्न दबाब दिँदै कचनकवलको बनियानीमा विद्यार्थीहरूले प्रदर्शन गरेको छ । 
नेपाल गनगाई कल्याण परिषद् झापा र स्थानीय भ्वाइस अफ गनगाई कम्युनिटीको आयोजनामा विद्या निकेतन मावि र कचनकवल माविका विद्यार्थीहरूले हात प्ले कार्ड बोकेरे र्यालीसहित प्रदर्शन गरेको हो । 
बनियानी चोकबाट सुरु भएको र्याली बजार परिक्रममा गर्दै कचनकवल गाउँपालिकामा आएर कोणसभामा परिणत भएको थियो । त्यसपछि नेपाल गनगाई कल्याण परिषद् र भ्वाइस अफ गनगाई कम्युनिटीले गाउँपालिका र इलाका प्रहरी कार्यालय बनियानीलाई ज्ञापनपत्र बुझाएका थिए । 
भ्वाइस अफ गनगाई कचनकवलका अध्यक्ष रघुनन्दन गणेश र उपाध्यक्ष चन्दन गणेशले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कुलप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।  
गत साउन ८ गते आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको रुखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १७ वर्षीय छोरी कल्पना कुमारी झुन्डिएको अवस्थामा मृत फेला परेको थियो । यो घटना आत्महत्या वा हत्या निकै पीडादायक र शङ्कास्पद छ । घटनाको सत्य तथ्य छानबिन, पीडितहरूलाई न्याय तथा दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग ज्ञापनपत्रमा राखिएको छ । 
 

सम्बन्धित समाचार