२०८१ आश्विन १७ गते , विहीबार
झापाकी १२ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन
झापा हल्दिबारी गाउँपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । हल्दिबारी २ नम्बर वडा कार्यालय परिसरमा विद्यार्थीहरूले प्रदर्शन गर्दै बलात्कारीमाथि कारबाहीको माग गरेका हुन् ।
त्यस्तै हल्दिबारी उद्योग वाणिज्य सङ्घले बालिका बलात्कार घटनाप्रति घोर भर्त्सना गर्दै दोषीलाई कारबाही तथा पीडित बालिकालाई उचित क्षतिपूर्तिको माग गरेको छ । ती बालिकाले छिमेकीबाटै बलात्कृत भएको बताएपछि परिवारजनले सोमबार जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको छ । प्रहरीले घटनामा संलग्न ३० वर्षीय इन्द्र मण्डललाई पक्राउ गरेको छ । बालिकाको पेटमा २८ हप्ताको गर्भ रहेको छ ।