२०८३ बैशाख १५ गते , मंगलबार

देवनागरीमै इम्बोस्ड नम्बर राख्ने सरकारको तयारी

sajilo news
पत्रपत्रिका
२०७९ श्रावण ११ गते , बुधबार
देवनागरीमै इम्बोस्ड नम्बर राख्ने सरकारको तयारी

झापा । सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लाग गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विरोध भएपछि सरकारले देवनागरीमै राख्ने तयारी अघि बढाएको छ।
इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने तयारी अघि बढाएको हो ।
नेपाली मौलिकता भल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारीअनुसार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयलाई लिखित पत्र पठाएको छ। कानुन मन्त्रालयले अनुसूची हेरफेर गरेपछि मन्त्रीपरिषद्मा लैजाने कानुन बाटो खुल्ने मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए ।

नम्बरप्लेट देवनागरी वा अंगेजी र देवनागरी दुवै लिपि राख्ने कानुनी व्यवस्था गर्न लागिएको बताउँदै उनले यसका लागि यसअघि इम्बोस्ड नम्बर प्लेटको ठेक्का पाएको कम्पनी डेकाटोर टाइगरसँग पनि कुराकानी हुने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित समाचार