२०८१ आश्विन १७ गते , विहीबार

झापाको कोटीहोम मन्दिरमा ४ वटा दानपेटी फुटाएर नगद चोरी

sajilo news
झापा
२०७९ श्रावण १० गते , मंगलबार
झापाको कोटीहोम मन्दिरमा ४ वटा दानपेटी फुटाएर नगद चोरी

बिर्तामोड । कनकाई कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै भक्तजनले चढाएको दान रकम चोरी भएको छ । ४ वटा दानपेटी फुटाएर नगद चोरी भएको छ ।

बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

कोटीहोम क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र अझ वन क्षेत्र भएकोले लागुऔषध खरिद विक्रीका लागि समेत सुरक्षित स्थल भएपछि उनीहरुले नै चोरी गरेको हुन सक्ने बुझिएको छ । रातीको समयमा दान पेटिकाको चाबी तोडेर सबै रुपैँया लगिएको पाइएकोले मन्दिरमा भएको सीसी टिभी फुटेज समेतलाई आधार मानेर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले जानकारी दिए ।

सम्बन्धित समाचार