२०८३ भाद्र १७ गते , बुधबार

झापाका कविनसहित ४० युवा दुबईमा अलपत्र

sajilo news
झापा
२०७९ असार २२ गते , बुधबार
झापाका कविनसहित ४० युवा दुबईमा अलपत्र

आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत वैदेशिक रोजगारीका लागि करिब ६ महिना अघि युनाइटेड अरब इमिरेट्स्  युएई  पुगेका ४० भन्दा बढी नेपाली अहिले दुबईको अलकुजमा अलपत्र परेका छन्।

शिवाकोटी म्यानपावर र राज ग्रुप अफ कम्पनीमार्फत दुबई पुगेका आफूहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक नदिएपछि अलपत्र परेको झापाका कबिन रिजालले जानकारी दिए ।

‘हामीहरूले एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ३ लाख ५० हजारभन्दा बढी पैसा बुझाएर आयौँ तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौँ।’ उनले भने ।

विगत ३ र ४ महिनादेखि कामविहीन भएको कोठामै बस्न बाध्य भएको अर्का पीडित मोरङका प्रजल अधिकारीले बताए । नेपालबाट म्यानपावर कम्पनीले दुबईमा रहेको फेडेरल सेक्युरिटी सेर्विसेस कम्पनीमा सेक्युरिटी गार्डको काम र मासिक तलब (८ घण्टाको १२ सय प्लस ३०० सय दिराम) तोकेर पठाएको भएपनि भने अनुसारको काम र तलब नभएको सुनाए । लामो समय कामविहीन भएर बसेका आफूहरूलाई खानाको लागि कम्पनीले ५० दिराम मात्र दिने गरेको पीडितहरूले बताएका छन्।

‘हामीले म्यानपावर कम्पनी सम्झौता गरेअनुसार काम र तलब पाएनौँ, ६ महिना कामविहीन भएर बसेको तलब दिनुपर्‍यो र म्यानपावरले उद्धार गर्नु पर्‍यो,’ कबिन रिजालले भने, ‘हामी यहाँ एक दुई जनाको सवाल होइन ४० भन्दा बढी छौँ।’ खबरहबबाट

सम्बन्धित समाचार