२०८२ बैशाख १३ गते , शनिबार

तीन महिनामा चट्याङ्ग लागेर ३८ जनाको मृत्यु

sajilo news
झापा
२०७९ असार १८ गते , शनिबार
तीन महिनामा चट्याङ्ग लागेर ३८ जनाको मृत्यु

झण्डै तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु भएको छ।  गत वैशाख १ देखि हिजोसम्म भएका ९ सय ३७ विपद्का घटनामा ९८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक छ। एक जना वेपत्ता छन्। 

सबै भन्दाबढी ३८ जनाको चट्याङ्ग लागेर मृत्यु भएको छ। त्यस्तै बाढी र पहिरोमा परि १३, हावाहुरीबाट ८ तथा भारी वर्षाका कारण ३ जनाको मृत्यु भएको छ। 

प्राधिकरणका अनुसार आगलागीका घटनामा १९ जनाको मृत्यु भएको छ। त्यस्तै जनावरको आक्रमणबाट १२, सर्पदंशबाट ५, भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने एक जनाको डुङ्गा पल्टिएर मृत्यु भएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार