२०८२ बैशाख ८ गते , सोमबार

झापाको बिरिङ नदीले बगाउँदा एक बालकको मृत्यु 

sajilo news
झापा
२०७९ असार १७ गते , शुक्रबार
झापाको बिरिङ नदीले बगाउँदा एक बालकको मृत्यु 

झापाको बिरिङ नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ । कनकाई नगरपालिका- ८ स्थित लक्ष्मीपुरको बिरिङ नदी किनारा नजिकको पार्कमा घुम्न आएका बिर्तामोड नगरपालिकाका ६ का वर्षीय बालक सर्वजित् ओलीको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । सर्वजित् आफ्ना बुवा नवीन ओलीसँग पार्क घुम्न गएका थिए ।

नदी किनारमा रहेको पार्कमा खेल्दै गरेका बालक एक्कासि नदीमा खसेको थियो । नदीले उनलाई बगाएर करिब ३ सय मिटर तल पुर्‍याएको र स्थानीयले उद्धार गरी निकाल्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले शवलाई कानुनी प्रक्रिया पुरा गरेर पोस्टमार्टमको लागि पठाएको छ । 

सम्बन्धित समाचार