२०८२ बैशाख ५ गते , शुक्रबार

झापा आउँदै गरेको जीप इलाममा दुर्घटना, ११ जना घाइते, चारको अवस्था गम्भीर

sajilo news
इलाम
२०७९ असार १७ गते , शुक्रबार
झापा आउँदै गरेको जीप इलाममा दुर्घटना, ११ जना घाइते, चारको अवस्था गम्भीर

झापातर्फ आइरहेको जीप इलामको मिलगोलाईमा दुर्घटना भएको छ । जीप दुर्घटनामा परी ११ जना घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापा तर्फ आइरहेको को १ ज ३३२९ नम्बरको जिप मेची राजमार्गको इलाम १ स्थित नेपालटार सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
जीप अनियन्त्रित भइ सडकबाट अन्दाजी ३ सय मिटर तल पुवाखोला नजिकै झरेको स्थानीयले बताएका छन् ।  घाइते मध्ये ४ जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि झापा तर्फ लगिएको छ । अन्यको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको नाम खुल्न बाँकी छ ।
 

सम्बन्धित समाचार