२०८२ बैशाख ५ गते , शुक्रबार

नौतले दरबार मंसिरमा खोल्ने तयारी

sajilo news
पत्रपत्रिका
२०७९ असार १७ गते , शुक्रबार
नौतले दरबार मंसिरमा खोल्ने तयारी

झापा । चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि बोल्ने तयारी भइरहेको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले आगामी मङ्सिरसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न भई सर्वसाधारणको लागि खुला हुनेछ।
नौ तले दरबारको अधिकांश काम सकिएसँगै स्काफोल्डिङ निकालिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक नौतले दरबार वरपर घुम्न सक्नेगरी सो संरचना हटाइसकिएको छ। ५ प्रतिशत काम मात्र बाँकी रहेको जानकारी दिँदै भने 'सोकेस र लाईटिङ जड़ानबाहेक सबै काम सम्पन्न भएको छ।'  यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित समाचार