२०८३ भाद्र १६ गते , मंगलबार

एउटै नम्बरको दुई वटा मोटरसाइकल ! नक्कली खोज्दै प्रहरी, सक्कली भेटियो

sajilo news
झापा
२०७९ असार १५ गते , बुधबार
एउटै नम्बरको दुई वटा मोटरसाइकल ! नक्कली खोज्दै प्रहरी, सक्कली भेटियो

गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ। बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो।

तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए।

उनले भने,‘खोजीकार्य गरेपछि सक्कली नम्बरको बाइक फेला पारेका छौँ,नक्कली बाइकको खोजी भइरहेको छ।’ बाइक नम्बर कसरी मिल्यो भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने उनले बताए।

सम्बन्धित समाचार