२०८१ मंसीर २० गते , विहीबार
झापाको शिवसताक्षीमा आजदेखि विद्यालय बन्द
शिवसताक्षी नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा शाखा प्रमुख छवि ढकालका अनुसार आज बुधवारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।
अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र निजी विद्यालय असार १५ देखि १७ गतेसम्म बन्द गर्ने निर्णय भएको उनले बताए । विद्यार्थी आउने जाने सडक डुबानमा परेका कारण विद्यालय बन्द गरिएको हो । बाढीले नगरका सडक, पुल, कलभर्ट लगायतका पूर्वाधारमा क्षति पुर्याएको छ ।