२०८२ पौष ३० गते , बुधबार

भद्रपुरमा 'हेल्लो मेयर' कार्यक्रम, सार्वजनिक स्थानमा सिसी क्यामेरा र वाइफाइको व्यवस्था

sajilo news
पार्थ मण्डल
२०७९ असार १० गते , शुक्रबार
भद्रपुरमा 'हेल्लो मेयर' कार्यक्रम, सार्वजनिक स्थानमा सिसी क्यामेरा र वाइफाइको व्यवस्था

भद्रपुर । भद्रपुर नगरपालिकाले साउन १ गतेदेखि हेल्लो मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । गरपालिकाको ११ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै नगर प्रमुख गणेश पोखरेलले जनतासँग साक्षात्कार गरी विविध विषयमा छलफल तथा सुझावका लागि हेल्लो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् । जनताका गुनासा सुन्नका लागि नगरपालिकामा हटलाइन नम्बर राख्ने कार्यक्रममा समावेश गरिएको छ । साथै 
भद्रपुर वडा नम्बर १, २ र ३ मा कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्ने, कृषिजन्य र पशुजन्य उत्पादनको बजारीकरणको लागि मोबाइल एपको प्रबन्ध गर्ने, ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्ने व्यक्तिलाई जग्गा धनि पुर्जा उपलब्ध गराउने, सार्वजनिक स्थलमा सिसी क्यामेरा र वाइफाइको व्यवस्था मिलाउने, ५ वर्ष भित्र प्रत्येक वडामा एउटा बाल उद्यम तथा खुला व्यायामशाला निर्माण गर्ने, बहुजातिक, बहुभाषिक अध्ययन प्रतिष्ठान र आदिवासी सङ्ग्रहालयको स्थापना गर्ने, राजमार्गका मुख्य चोकमा व्यवस्थित यात्रु प्रतीक्षालय निर्माण गर्ने, निःशुल्क कृषि तथा पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने, महेन्द्र पार्कको सुधार गरी व्यवस्थित उद्यानको रुपमा विकास गर्ने, निःशुल्क शवबाहन उपलब्ध गराउने, सबै नागरिकका घरमा नागरिक बडापत्र पुर्याउने, निर्माण सम्पन्न भएका सडकहरूमा लेनमार्क र रेखाङ्कन गर्ने, दुबैतर्फ बिरुवा रोप्ने, नगरस्तरीय साहित्य तथा काल प्रतिष्ठान निर्माण गरिने उनले बताए । 

सम्बन्धित समाचार