२०८१ माघ २ गते , बुधबार

भद्रपुरका ६६ युवा कृषकलाई टनेल वितरण 

sajilo news
झापा
२०७८ चैत्र २३ गते , बुधबार
भद्रपुरका ६६ युवा कृषकलाई टनेल वितरण 

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवाहरुलाई  व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।
नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कुषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।
आज विहान नगरपालिका परिसरमा आयोजित एक संक्षिप्त समारोहका बीच टनेल सवतरण गरिएको भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिए ।
नगरपालिकाको युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ३ नं वडाध्यक्ष कमला थुलुङ, २ नं वडाध्यक्ष भीम केरुङलगायतले टनेल वितरण गरेका थिए ।
नगरभित्रका युवालाई विदेश पलायनबाट रोक्दै आफ्नै ठाउँमा व्यावसायिक कृषि उद्यमी बनाउन सहयोग पुग्ने सोचका साथ चालु आर्थिक बर्ष ०७८–०७९ को बजेटमा युवालक्षित कार्यक्रम राखेर उद्यमी बन्न चासो देखाएका युवालाई टनेल वितरण गरिएको र यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।  उनले आगामी वर्षहरुमा पनि युवालक्षित प्रभावकारी र उपलब्धिमूलक कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्नसक्ने गरी त्यसका अधारहरु तयार गरिसकिएको बताए ।
निःशुल्क रुपमा टनेल पाएका युवाहरुले नगरपालिकाको कामको प्रशंसा गर्दै अब आफूहर व्यावसायिक रुपमा बेमौसमी खेती गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार