२०८० फाल्गुन १० गते , विहीबार

झापामा केरा खेती गर्ने कृषकलाई गाडी

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १५ गते , आईतबार
झापामा केरा खेती गर्ने कृषकलाई गाडी
झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापाका केरा खेती कृषकलाई ढुवानीका लागि एउटा गाडी प्रदान गरिएको छ । 
झापा गाउँपालिका ३ रङ्गेथानको साधना सांस्कृतिक नमुना कृषक समूहलाई केरा खेतीको प्रवर्द्धनका लागि ८५ प्रतिशत अनुदानमा पिकअफ भ्यान गाडी प्रदान गरिएको हो । २३ लाख ६० हजार रुपैयाँको उक्त पिकअफ भ्यान प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले शनिवार प्रदान गरे । उक्त क्षेत्रमा हाल १०५ हेक्टर जमिनमा बस्नेत सहित १४ जना कृषकहरूले सामूहिक केरा खेती गरिरहेका छन् ।
कृषकको आफ्नो ढुवानी साधन नहुँदा आफ्नो उत्पादन विक्रीका लागि बिचौलियाहरूको भर पर्नुपरेको कृषक चन्द्र बस्नेतले बताए । बस्नेत केरा खेतीका लागि इजरायलमा साना किसान कृषि सहकारी मार्फत तालिम लिई हाल सामूहिक केरा खेती गर्दै आएका छन् । अब कम्तीमा आफ्नो उत्पादन नेपालभर पुर्‍याउन मद्दत मिलेको कृषक बस्नेतले बताए । 
कार्यक्रममा बोल्दै कृषि मन्त्री मगरले कृषिमार्फत देशलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताए । मेहनती कृषकको साथमा सरकार रहेको भन्दै कृषकलाई प्रविधिमैत्री र स्रोत साधनयुक्त बनाउन प्रदेश सरकार सधैँ तत्पर रहेको छ । उन्नत मल बिउँ र प्रविधि दिनका लागि सरकार सधैँ तयार रहेको भन्दै मन्त्री मगरले युवालाई विदेश जान छाडेर देशकै माटोमा रमाउने वातावरण बनाउने बताए । कृषि मन्त्री मगरले तीनै तहको सरकार कृषकलाई उचित ज्ञान सीप र प्रविधि दिन तयार रहेको भन्दै कृषकको उत्पादनलाई समेत उचित मुल्य दिलाउन लागि परेको बताए । 
 कार्यक्रममा झापा गाउँपालिकाका प्रमुख जयनारायण शाहले झापा गाउँपालिका केरा र मकै खेतीका लागि देशकै नमुना भए पनि कृषकले उचित मुल्य नपाउँदा समस्या भएको जिकिर गरे । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख निल कमल सिंहले कृषि पेसालाई पूर्ण व्यावसायिक बनाउन सरकार लागि परेको बताए । सोही अवशरमा कृषकलाई कृषि सामाग्री समेत प्रदान गरिएको थियो । कार्यक्रममा अगुवा कृषक गोपाल प्रसाईँले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार