२०८३ भाद्र १५ गते , सोमबार

प्रदेश सांसद दर्लामीलाई पितृ शोक

sajilo news
पार्थ मण्डल
२०७८ माघ ७ गते , शुक्रबार
प्रदेश सांसद दर्लामीलाई पितृ शोक

झापा । झापा क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी ९सन्देश०लाई पितृ शोक परेको छ ।

नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज समेत रहेका नेता सन्देशका पिता नरबहादुर दर्लामी मगरको ८५ वर्षको उमेरमा बिहीबार साँझ साढे ६ बजे निधन भएको पार्टीका शिवसताक्षी नगर सचिवालय सदस्य तथा दर्लामीका पिएसमेत रहेका दुर्गा नेम्बाङले जानकारी दिए । 

करिब ६ महिना अघिदेखि ब्रेन ट्युमर रोगबाट पीडित नेता सन्देशका पिता नरबहादुरको आफ्नै निवास शिवसताक्षी नगरपालिका- ११ स्थित बच्चाबगरमा निधन भएको हो । आफ्नै घर छेउमा शुक्रबार बिहान ११ बजे परम्परागत संस्कार अनुसार अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार