२०८१ बैशाख १३ गते , विहीबार

प्रशान्त महासागर विष्फोट‚ फिजी र न्युजिल्याण्डमा सुनामीको खतरा

sajilo news
पार्थ मण्डल
२०७८ माघ १ गते , शनिबार
प्रशान्त महासागर विष्फोट‚ फिजी र न्युजिल्याण्डमा सुनामीको खतरा

एजेन्सी । दक्षिणी प्रशान्त महासागरको पोलिनेसियन मुलुक टोंगा टापुमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामीसमेत आएको छ।

विस्फोटको आवाज ८०० किलोमिटरको दूरीमा पर्ने छिमेकी फिजीमा पनि सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। विस्फोटपछि फिजी र न्युजिल्याण्डमा पनि सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सचेत गराइएको छ।

विस्फोटको २० मिनेटपछि नै टोंगामा सुनामी आएको थियो। घटनापछि टोंगा सरकारले देशबासीलाई सुरक्षित स्थानतर्फ भागेर जान भन्दै सूचना जारी गरेको छ। घटनापछि टोंगामाहवाई सेवाबन्द गरिएको छ। आकाशमा धुवाँ आउनासाथ हवाई सेवा बन्द गरिएको थियो।

सम्बन्धित समाचार