२०७८ माघ ५ गते , बुधवार

सीमा सुरक्षा र जनधनको रक्षा पहिलो प्राथमिकता : सिडिओ रिजाल

सीमा सुरक्षा र जनधनको रक्षा पहिलो प्राथमिकता : सिडिओ रिजाल :: Times of Pradesh
भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालले जिल्लावासीको जनधनको रक्षासँगै शान्ति, सुरक्षामा कुनै कमी नआउने बताएका छन् । 

सुर्खेतबाट भर्खरै सरुवा भएर जिल्ला प्रशासन कार्यालय झापामा आएका सहसचिव रिजालले बिहीबार पत्रकारसँग गरेको संक्षिप्त भेटघाटमा यस्तो बताएका हुन् । 

सिडिओ रिजालले झापा प्रशासनलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । सङ्घीय सरकारको मुख्य प्रतिनिधिका रूपमा रहने प्रमुख जिल्ला अधिकारी पदको गरिमा अनुसार नागरिक प्रशासनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उनले बताए । 

झापा प्रशासनलाई व्यवस्थित बनाउन चोरी, तस्करी, लागु औषध, कालोबजारी, ट्राफिक व्यवस्थापन, बजार अनुगमन जस्ता गतिविधि नियन्त्रणमा ध्यान केन्द्रित गरी जनमैत्री प्रशासनका लागि काम गर्ने प्रस्ट पार्दै उनले भने, ‘तेस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि खुला सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ गर्ने छौँ ।’

अव्यवस्थित सरकारी सेवा प्रवाह व्यवस्थित बनाउन र सूचना आदानप्रदानका लागि सबै पक्षसित छलफल गरी चुस्त दुरुस्त वातावरण अहिलेको आवश्यकता रहेको बताउँदै उनले भने, ‘जिल्ला बासिन्दाको भावनालाई समेट्ने गरी काम गर्ने छौँ । 


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment