२०७८ माघ ५ गते , बुधवार

भारतमा थपिए १ लाख ९४ हजार संक्रमित

भारतमा थपिए १ लाख ९४ हजार संक्रमित :: Times of Pradesh

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ४४२ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ९ लाख ५५ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । संक्रमणदर ११.०५ प्रतिशत पुगेको छ । मंगलबार मात्र भारतमा १ लाख ६८ हजार संक्रमित थपिएका थिए । अहिलेसम्म भारतमा ४ हजार ८६८ जनालाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment