ऊँ नमः शिवाय सहकारीको अध्यक्षमा भरतलाल गिरी
बिर्तामोड । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा भरतलाल गिरी निर्विरोध निर्वाचित भएका छन् । बुट्टाबारीस्थित दशनामी समाज झापाको भवनमा सोमबार भएको नवौँ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा गिरीलाई सर्वसम्मत निर्वाचित भएका हुन् । नव गठित संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा खिलबहादुर गिरी, सचिवमा शङ्कर गिरी, कोषाध्यक्षमा खड्ग गिरी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा पार्वता गिरी, जानुका गिरी, एलबहादुर गिरी, नरबहादुर बन, भूपेन्द्रकुमार गिरी, शिवलाल गिरी, जीवनाथ गिरी सर्वसम्मत निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेश गिरी र सदस्यमा घनश्याम गिरी सर्वसम्मत चयन भएका छन् भने एक सदस्य पछि थप गर्ने जनाइएको छ । संयोजक गोपाल गिरी, सदस्य एकराज गिरी र उद्धव पुरी रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्बन्धी कार्यक्रम गरेको थियो ।
संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो । आर्थिक वर्ष २०७७/०७८ असार मसान्तसम्म एक हजार ६ सय ४९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी एक करोड ८९ लाख ६९ हजार पुगेको अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको निक्षेप एक करोड १२ लाख ७८ हजार ७५४ रुपैयाँ ६९ पैसा, कोष हिसाब ४३ लाख ७० हजार १८४ रुपैयाँ ५४ पैसा, कर्जा लगानी २ करोड ३ लाख ५ हजार ३२७ रुपैयाँ २० पैसा रहेको छ भने नाफा १७ लाख ९ हजार ७९१ रुपैयाँ ८० पैसा गर्न सफल भएको छ । कार्यक्रममा १६ जना ज्येष्ठ सदस्यलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरी, केन्द्रीय सदस्य लभ कुश गिरी, समाजका प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरी, संस्थाका सल्लाहकार संयोजक हर्कलाल गिरी, समाजका झापा अध्यक्ष केदार गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सदस्य एलबहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य खड्ग गिरीले गरेका थिए ।