२०७८ माघ ५ गते , बुधवार

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन तेस्रो सातादेखि

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन तेस्रो सातादेखि :: Times of Pradesh

झापा । झापा गोल्डकपको पाँचौँ संस्करण आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको बताए। प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रूपैयाँ पाउने छन्।

त्यस्तै‚ मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। उच्च गोलकर्तालाई नगद २५ हजार रूपैयाँ दिइने आयोजकले जनाएको छ। त्यस्तै‚ प्रत्येक खेलको म्यान अफ द म्याचले नगद नौ हजार ९९९ रूपैयाँ पाउनेछन्।

प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए। प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। महासचिव पौडेलको नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ। प्रतियोगिता कोभिड–१९ महामारीका कारण दुई वर्षदेखि रोकिएको थियो।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment