२०८१ मंसीर ३० गते , आईतबार

दिल्लीमा सबै विद्यालय अनिश्चितकालका लागि बन्द

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १६ गते , विहीबार
दिल्लीमा सबै विद्यालय अनिश्चितकालका लागि बन्द

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणका कारण सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले सहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

‘सहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उद्धृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ । भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबिच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिन लागिएको हो ।

बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो । पछिल्ला केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो । त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।

सम्बन्धित समाचार