२०७८ माघ ५ गते , बुधवार

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक जनाको मृत्यु :: Times of Pradesh

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ। बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका-४ राजीपुरका ६२ वर्षिय कालुराम थारुको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

आइतबार अपरान्ह घरनजिकै भैंसी चराउन गएका बेला बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सन्जेलले बताए। अहिले निकुञ्जको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको उनले बताए। घटना भएको क्षेत्र निकुञ्ज अन्तर्गतको बफरजोनमा पर्छ।

यसअघि असोज २५ गते पनि बाघको आक्रमणबाट बर्दियाको गेरुवाकै एक पुरुषको ज्यान गएको थियो। आव ०७७-७८ मा १२ जना र यस आवमा ३ जना गरी १६ महिनामा १५ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन्। ​यस्तै‚ आव ०७६-७७ मा ६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो। यो तथ्यांकले बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दोब्बर बढेको देखिएको छ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment