२०८१ माघ १० गते , विहीबार

भारतलाई आठौं पटक साफ च्याम्पियनको उपाधि

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ३१ गते , आईतबार
भारतलाई आठौं पटक साफ च्याम्पियनको उपाधि

एजेन्सी । नेपाललाई हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । नेपाल भने उपविजेतामा सिमित भएको छ । माल्दिभ्सको राजधानी मालेमा गएराति भएको फाईनल खेलमा नेपाललाई ३–० ले हराउँदै भारतले कीर्तिमानी आठौं पटक साफ च्याम्पियनसिप जितेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले दोस्रो हाफमा लगातार तिन गोल गरेको हो ।

हारसँगै नेपालमो पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै रह्यो । नेपाल साफ च्याम्पियनसिप फुटबलको उपविजेता बनेको पनि यो पहिलो अवसर हो । साफ च्याम्पियनसिप फुटबलको यो १३ औं संस्करणमा पाँच राष्ट्र सहभागी थिए । राउण्ड रोबिन लिगको शिर्ष दुई स्थानमा रहँदै भारत र नेपाल फाईनलमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार