२०८१ मंसीर २७ गते , विहीबार

नेपाललाई बक्सिङमा कांस्य पदक दिलाएकी भद्रपुरकी नारिकालाई भव्य स्वागत

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
नेपाललाई बक्सिङमा कांस्य पदक दिलाएकी भद्रपुरकी नारिकालाई भव्य स्वागत
झापा । युनाइटेड अरब इमिरेट्स (युएई) भएको एएसबिसी एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट कांस्य पदक जितेकी नारिका राईलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन् । झापा बक्सिङ सङ्घले खेलाडी नारिका, टिम मेनेजर तथा नेशनल रेफ्री तर्कराज राई, थ्री स्टारका कोच दीपक महर्जनलाई विमानस्थल पुगेर स्वागत तथा सम्मान गरेका थिए ।
एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिप भद्रपुर नगरपालिका ९ निवासी १७ वर्षीया नारिकाले जुनियर महिलातर्फ ५७ किलोमा कांस्य पदक जितेकी थिइन् । उनीहरूलाई भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, नेपाल बक्सिङ सङ्घ केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, झापा बक्सिङ सङ्घ अध्यक्ष सञ्जीव घोष, सङ्घका सदस्य दिनेशकुमार राय, बक्सिङ गुरु डम्बर लिम्बू लगायतले स्वागत गरेका थिए ।
विमानस्थलमा स्वागत पश्चात् झापा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा संक्षिप्त कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

बक्सिङ सङ्घ झापाका अध्यक्ष घोषको अध्यक्षता तथा  नगरका मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ सङ्घका उपाध्यक्ष  सिटौला, बक्सिङ खेलका प्रमुख प्रशिक्षक दीपक महर्जन, प्रशिक्षक डम्बरबहादुर लिम्बू, टिम व्यवस्थापक तर्कराज राई लगायतले मन्तव्य राख्दै झापा बक्सिङ सङ्घका वर्तमान अध्यक्षको लगनशीलताले नरिका जस्ता गौरव बोकेका सबल बक्सिङका खेलाडी नेपालको गरिमा उच्च बनाएको धारणा राखेका थिए । सो कार्यक्रमको सञ्चालन कृति राईले गरेका थिइन् । 


सम्बन्धित समाचार