काँकडभिट्टामा ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

झापा । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा मेचीनगर नगरपालिका वडा नम्बर ९ स्थित लिलाबस्तीको लिलाचोकमा मे ४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकी ब्राउन सुगर किनबेच गर्नेक्रममा मेचीनगर १ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही ठाउँका ३५ वर्षीय निर्मल भुजेल भन्ने झलक भुजेललाई पक्राउ गरेको हो ।
सरोजले बोकेको कालो झोलाभित्र प्लास्टिकमा पोका बनाइ राखेको ३४ ग्राम ब्राउन सुगर , विभिन्न नेपाली दरको नोट जम्मा दुई लाख सैतालिस हजार पाँच सय रुपैयाँ र झलकको साथबाट तीन हजार पाँच सय नगद फेला पारी उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।