२०८१ माघ २५ गते , शुक्रबार
झापाको गौरीगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ

झापा । झापाको गौरीगञ्ज गाउँपालिका- ६ स्थित सतार बस्तीबाट सशस्त्र प्रहरीले १२ ग्राम ९ मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह-८ जुरेपानी बस्ने ३१ वर्षीय धनीलाल चौधरी र म्याग्दीको धौलागिरि- ३ बस्ने २५ वर्षीय सनम मल्ल छन् । मे १ प ६१७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरूको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला परेको हो ।