२०७८ श्रावण २२ गते , शुक्रवार

भारतमा किसान आन्दोलन : संसद भवन घेराउ गर्दै विरोध प्रदर्शन 

भारतमा किसान आन्दोलन : संसद भवन घेराउ गर्दै विरोध प्रदर्शन  :: Times of Pradesh

एजेन्सी । भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् ।

संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो । त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो । अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् । दश महिना पहिला पारित भएको कृषि कानुनप्रति असन्तुष्टि जनाउँदै किसानले विरोध प्रदर्शन गर्दै आएका छन् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment