२०७८ श्रावण २२ गते , शुक्रवार

चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु, सयौं विस्थापित

चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु, सयौं विस्थापित :: Times of Pradesh

एजेन्सी । मध्य चीनमा भीषण वर्षापछि आएको  बाढीले कयौं मानिसहरु विस्थापित भएका छन्।  प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।

अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको छ।

बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन्। प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा समेत बन्द भएको छ। हेनान प्रान्त ९ करोड ४० लाख चिनीयाको बसोबास भएको क्षेत्र हो।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment