२०७८ श्रावण २२ गते , शुक्रवार

नायिका प्रियंकाले यस्ता तस्बिरहरू सार्वजनिक गरेपछि मच्चियो हंगामा (हेरौं तस्बिरहरू)

नायिका प्रियंकाले यस्ता तस्बिरहरू सार्वजनिक गरेपछि मच्चियो हंगामा (हेरौं तस्बिरहरू) :: Times of Pradesh

काठमाडौं । सधै चर्चा र बिबादमा आईरहने नायिका प्रियंका कार्की गर्भवती भएपछी झनै चर्चामा छिन् । गर्भवती भएपछी झनै चर्चामा रहेकी अभिनेत्री प्रियंकाले सामाजिक संजालमा तस्बिर सार्बजनिक गरेपछी राम्रा नराम्रा अनेकौ टिकाटिप्पणी आएतापनी उनी आफू गर्भवती भएकोमा निकै खुशी छिन् र निकै रमाईरहेकी छिन् ।

उनी आमा बन्न लागेकोमा निकै खुशी छिन् । जुन नियमित जसो उनले साझा गरेका तस्बिरहरूबाट पनि झल्किन्छ । पछिल्लो समय भने उनले ‘बेबी सावर’मा रमाइरहेका तस्बिर सार्वनजनिक गरेकी छिन् । प्रियंकालाई उनका परिवार र साथिहरुले भब्य ‘बेबी सावर’ पार्टी दिएका छन् । अहिले प्रियंका साथी र परिवारले आयोजना गरेको ‘बेबी सावर’ मा रमाइरहेकी छन् । गएको हप्ता उनका नजिकका साथीहरुले मिलेर ‘बेबी सावर’ आयोजना गरेका थिए । शनिवार आयुष्मानले पनि प्रियंकाको लागि काठमाडौंको एक पाँचतारे होटलमा ‘बेबी सावर’ पार्टीको आयोजना गरे । जसमा दुवै पक्षका परिवारका सदस्यदेखि नजिकका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

अभिनेता आयुष्मान देशराज जोशीसँग अघिल्लो वर्ष धुमधामसँग विवाह गरेकी उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिन आतुर छिन् । आफू गर्भवती भएको खबर सार्वजनिक गरेपछि प्रियंकाले दिनहुँ आफ्नो बेबी बम्पसहितका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् ।

उनले लेखेकी छन्, ‘हाम्रो चमत्कार र सानो राम्रो फूललाई स्वागत गर्न अब मबाट प्रतिक्षा हुन सक्दैन । तिम्रो (आयुष्मान) साथका कारण मेरो गर्भमा बढिरहेको जीवनलाई हामीले प्रेम, खुसी र नयाँ सुरुवातका लागि तयार गरेका छौं ।’

हेरौ उनले सामाजिक संजालमा शेयर गरेका केहि तस्विरहरु:-

 

 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment