२०७८ श्रावण २२ गते , शुक्रवार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नजिक

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नजिक :: Times of Pradesh

एजेन्सी । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४१ लाख नजिक पुगेको छ। हिजो एकैदिन ६ हजार ९१९ संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या ४० लाख ९८ हजार ४०० नाघेको छ। पछिल्लो २४ घण्टामा इन्डोनेसियामा सबैभन्दा धेरै एक हजार ९२ संक्रमितले ज्यान गुमाएका छन् । ब्राजिलमा ८२३, रुसमा ७८७, भारतमा ५१७, कोलम्बियामा ४९८ र अर्जेन्टिनामा २७६ संक्रमितको मृत्यु भएको छ। 

यस्तै, विश्वभर एकै दिन ४ लाख ७३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। बेलायतमा सबैभन्दा धेरै ५४ हजार ६७४ संक्रमित थपिएका छन्। यस्तै, इन्डोनेशियामा ५१ हजार ९५२, भारतमा ४१ हजार २८३, ब्राजिलमा ३४ हजार ३३९, अमेरिकामा २४ हजार ६०, कोलम्बियामा १९ हजार ९२५ र अर्जेन्टिनामा १२ हजार २३० संक्रमित थपिएका छन्। 

यससहित विश्वभर कुल संक्रमितको संख्या १९ करोड ७ लाख ४४ हजार ९०० नाघेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १ करोड २८ लाख ३७ हजार ६०० रहेको छ। 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment