२०७८ श्रावण २१ गते , विहीवार

भद्रपुर मावि सुधार समिति गठन, गरिमा विकास बैङ्कद्वारा एक लाख सहयोग

भद्रपुर मावि सुधार समिति गठन, गरिमा विकास बैङ्कद्वारा एक लाख सहयोग :: Times of Pradesh

भद्रपुर  । जिल्लाकै सबै भन्दा पुरानो भद्रपुर माध्यमिक विद्यालयको जीर्ण भवन मर्मत सम्भारका लागि पूर्व विद्यार्थीहरूले चासो देखाएको छ । २००२ सालमा स्थापना भएको भद्रपुर माविका लागि विद्यालयका पूर्व विद्यार्थी तथा वरिष्ठ चिकित्सक झापा समाज काठमाडौँका अध्यक्ष डा।आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भवन मर्मत सम्भार तथा सुधार समिति गठन गरिएको छ । 
२००८ सालमा स्थापना भएको भद्रपुर माविका लागि पूर्व विद्यार्थी तथा प्रदेश सांसद ओम प्रकाश सरावगीको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा श्रेष्ठ, सचिवमा प्रदीपमणि रेग्मी, सदस्यहरूमा ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल, प्रधानाध्यापक कुलबहादुर गुरुङ र शिक्षा प्रेमी निता श्रेष्ठ रहेका छन् । त्यस्तै डा। श्रेष्ठको अध्यक्षतामा आर्थिक व्यवस्थापन समिति समेत गठन गरिएको छ । विद्यालय मर्मत सम्भारका लागी काठमाडौँ स्थित गरिमा विकास बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम बमोजिम विद्यालयलाई एक लाख रुपैयाँ सहयोग दिन लागेको समितिका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment