२०८३ बैशाख ५ गते , शनिबार
ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ
झापा । लागू औषध ब्राउन सुगर कारोबारमा संलग्न रहेका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ पथरीशनिश्चरे नगरपालिकाका नारायण परियार र कृष्ण दर्नालको साथबाट १३ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर र तौल नाप्ने डिजिटल मेसिन बरामद पछि दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका २ का हर्क विष्ट र योगेन्द्र निरौलालाई २ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका चार जना विरुद्ध लागु औषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।