२०७८ श्रावण २२ गते , शुक्रवार

श्रीमतीलाई दाउ प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई दाउ प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ :: Times of Pradesh

झापा । श्रीमतीलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गर्ने एक जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाउले घाटीमा काटेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मङ्गलवारे इलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो ।

घरायसी विवादका कारण श्रीमान् श्रीमतीमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment