२०८३ बैशाख १५ गते , मंगलबार

इलाममा धारिलाे हतियार प्रहार गरि श्रीमतीकाे हत्या, श्रीमान पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २८ गते , शुक्रबार
इलाममा धारिलाे हतियार प्रहार गरि श्रीमतीकाे हत्या, श्रीमान पक्राउ

इलाम । देउमाई नगरपालिका–४ चित्रेका ताकबहादुर तामाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्।
घरायसी विवादमा ताकबहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीया ताकमायाको घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। भोजपुरको ओख्रे घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए। 
हत्याका आरोपी तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डको टालीले तत्काल पक्राउ गरेको छ। प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियारसहित नियन्त्रणमा लिई अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए। थाहाखबरबाट

सम्बन्धित समाचार