२०८३ बैशाख ४ गते , शुक्रबार

दाजुको कुटपिटबाट भाइको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २३ गते , विहीबार
दाजुको कुटपिटबाट भाइको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ का ५० वर्षीय पुलकित चौधरीले कुटपिटबाट भाइ ३६ वर्षीय खुसीलाल चौधरीको मृत्यु भएको छ ।  वैशाख २० गते राती ८ बजेको समयमा सामान्य विषयलाई लिएर दाजुभाइ बिच वादविवाद हुँदा दाजुले भाइ कुटेका थिए । कुटपिटबाट घाइते भएका खुसीलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी विराटनगरको गोल्डेन अस्पताल लगिएको र त्यहाँ उनको उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  घटनामा संलग्न दाजु पुलकितलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार